सरकारी लगानीमा खरिद गरिएको डेढ करोड मूल्य बराबरको मेशिन प्रयोगविहीन

Ad
  • कालोपाटी सम्बाददाता

बाँके । सरकारी लगानीमा खरिद गरिएको डेढ करोड मूल्य बराबरको मेशिन भन्सार कार्यालय जमुनाहमा प्रयोगविहीन अवस्थामा रहेको छ । करिब ५ वर्षअघि खरिद गरि ल्याईएको ब्याग एक्सरे मेशिन सञ्चालनका लागि दक्ष जनशक्तिको अभावमा प्रयोगमा आउन नसकेको हो । सीमा सुरक्षाका लागि महँगोमा खरिद गरिएको सो मेशिन प्रयोगमा आउन नसक्दा सरकारको लगानी वालुवामा पानीझैं भएको छ ।

तर, नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जयबहादुर भण्डारीले भने भन्सारलाई प्रविधिमैंत्री बनाउन लागिएको बताए । यसको प्रयोगका लागि भन्सारले पनि अहिले खासै चासो देखाएको छैन् । भन्सार कार्यालय जमुनाह नाकाभन्दा टाढा र भित्र परेको हुँदा पनि मेशिन कार्यालय परिसरमा राख्नुको विकल्प देखिदैन । नेपाल–भारत सीमामा दैनिक हजारौंको संख्यामा सर्बसाधारणको आवतजावत हुने गरेको छ । जमुनाह नाकाबाट बिभिन्न प्रकारका अबैध क्रियाकलाप हुने गरेतापनि त्यसका लागि भने कुनै सुरक्षात्मक प्रविधि नरहेको बताईएको छ । प्रहरी, भन्सार कार्यालयका कर्मचारी र शसस्त्र प्रहरीको नजरमा जे देखियो, त्यो नै सही वा गलत हुने गरेको स्थानीय बताउँछन् ।

जसले गर्दा समानका बिच भागमा लुकाईछिपाई लगिने र अबैध सामान नेपाल भित्र्ने गरेका छन् । भौतिक पूर्वाधारको अवस्था नाजुक रहेको कारण यहाँका भौतिक संरचना मर्मतदेखि निर्माणसम्मको काम भईरहेको भन्सार कर्मचारी बताउँछन् । सो नाकाबाट दुवै देशका नागरिकहरु आवतजावत हुने गर्दछ । तर सो मेशिनबाट चेकजाँच भने हुने गरेको छैन ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्