एमसीसी विरोधी प्रदर्शनमा, बानेश्वर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश भएको विरोधमा काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप सुरु भएको छ । प्रदर्शनकारी संसद भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप भएसगैँ नयाँवानेश्वर क्षेत्रमा अहिले तनावग्रस्त छ ।

एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलका भ्रातृ संगठनहरु सडकमा उत्रिएका छन् । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा, इँटा, गुलेलीमार्फत प्रहार गरिरहेका छन् । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र लाठी हानेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्