बहुप्रतिच्छित फोर्स गुर्खाको बुकिङ्ग खुल्ला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सर्वाधिक मानिसहरुको चासो र पर्खाईमा रहेको बहुप्रतिच्छित फोर्स गुर्खा जिपको मुल्य सार्वजनिक गरी बुकिङ्ग खुल्ला गरिएको छ । भारतको बजारमा अत्याधिक रुचाईएको फोर्स गुर्खा लामो पर्खाई पछि नेपाली बजारमा उपलब्ध भएको छ । फोर्स मोटर्सको आयतकर्ता हिमालय अर्गनाइजेशन अन्र्तगत आयाम इन्टरकन्टिनेन्टल प्रा.ली ले फोर्स गुर्खा आयात तथा विक्री गर्दछ ।

विशेसत अफरोड र एड्भेन्चर ट्राभल मन पराउने ग्राहकको लागि लक्षित गरी बनेको फोर्स गुर्खामा विश्व प्रशिद्ध मर्सिडिज बेन्जको २।६ लिटर ईन्जिन, गेयरवक्स र एक्सल जडान गरिएको छ । फोर्स गुर्खामा पावरफुल फोर ह्विल ड्राईभ, म्यानुवल डिफ्रेन्सियल लक अगाडी र पछाडी दुबै एक्सलमा , ३५ डिग्री ग्रेडिएविलिटी र उच्च ग्राउन्ड क्लियरेन्स भएकोले जस्तो सुकै वाटोमा पनि उपयुक्त रहेको छ । साथै वल्की डिजाईन र वोल्ड लुक्स भएको फोर्स गुर्खामा आकर्शक एलईडि हेडल्यम्प विथ डिआरयल, टिल्ट एण्ड टेलिस्कोपिक स्टेरिङ्ग, एडभान्स ईन्फोटेन्मेन्ट सिस्टम लक्जरियस पाईलट सिट, कोयल स्पिङ्ग सस्पेन्शन जस्ता आकर्शक फिचर रहेका छन् । फोर्स गुर्खामा स्नोरकल भएकोले ७०० एम् एम् पानी भएको ठाउँमा पनि सहज रुपमा चलाउन सकिन्छ ।

यस जिपमा सुरक्षालाई मध्यनजर गर्दै एयर व्याग, एवि।एस्। ई।डि।वि। व्रेक र रिभर्स पार्किङ्ग सेन्सर जस्ता फिचर्स रहेका छन् । थ्री डोर डिजाईन र ४ सिट क्षमता भएको यस जिपमा सहज ईन्ट्री र एक्जिट, पर्याप्त वुट स्पेस र ग्याङ्गवे रहेको छ ।यस जिपमा ठुलो सिङ्गल विईन्डो रहेकोले आकर्शक दृश्यको अवलोकन गर्न सकिन्छ । यस जिपको सुरुवाती मुल्य ७८ लाख ९९ हजार रुपैयाँ कायम गरेको छ । साथै यो मुल्य केही समयको लागि मात्र लागु हुने समेत कम्पनीले जानकारी गराएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्