‘अहिलेको सत्ता गठबन्धन धरापमा परिसकेको छ’ : महामन्त्री थापा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको सत्ता गठबन्धन धरापमा परिसकेको बताए । बिहीवार बानेश्वरस्थित संसद भवनमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भएको भेटवार्ता पछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले सत्ता गठबन्धन धरापमा परेकाले गठबन्धन अघि बढ्ने अवस्थामा नरहेको बताए । महामन्त्री थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले)लाई संसदभित्र आएर भाग लिने वातावरण बनाउन आफु सबै उपायमा छलफल गर्न तयार रहेको कुरा राखेको जानकारी दिए । भेटको क्रममा प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदन गर्ने विषय नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको विश्वसनियतामा गाँसिएकाले गठबन्धन सरकार के होला भन्ने चिन्ता नरहेको बताएको उनले उल्लेख गरे ।

महामन्त्री थापाले अहिलेको सत्ता गठबन्धनबाट पार नलाग्ने भएकाले गठबन्धनको सम्बन्धमा थप छलफल गरि राख्नु नपर्ने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्