सत्ता साझेदार दलको रुपमा रहेका माओबादी र समाजवादीलाई द्वेध चरित्र नदेखाउन महामन्त्री शर्माको आग्रह

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सत्ता साझेदार दलको रुपम रहेका नेकपा माओबादी केन्द्र र नेकपा समाजवादीलाई द्वेध चरित्र नदेखाउन आग्रह गर्नु भएको छ । विभिन्न राजनैतिक दलहरुको गठबन्धन तत्कालिन राजनैतिक निकाश र संविधानको रक्षाको निम्ति बनेको भए पनि राज्यको आवश्यकता सँगै सम्वृद्धि बिकाशको मुद्दामा पनि एक ठाउमा आउनुपर्ने बताए  ।

बिहिबार साँझ कुरा गर्दै महामन्त्री शर्माले सत्ता साझेदार भएर गठबन्धन बस्ने तर सरकारको प्रस्तावमा बिमति राख्ने विषय नसुहाउने बताए । जनताको हीतको बिषयमा सत्ता पक्ष र बिपक्षी दल एक ठाउ आएर निकाश निस्कन सक्ने वातावरण बन्ने अवस्थामा नेपाली कांग्रेसले गठबन्धन कुरेर नबस्ने पनि महामन्त्री शर्माले स्पष्ट पारे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्