२५ रुपैयाँ कोका-कोलाको सबैभन्दा सानो ‘कान्छु प्याक’ नेपाली बजारमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौ । कोका–कोलाले आफ्नो सबैभन्दा सानो उत्पादन ‘कान्छु प्याक’ बजारमा ल्याएको छ । यो कान्छु बोत्तलको मूल्य २५ रुपैयाँ तोकिएको छ । १७५ एमएल परिमाणमा रिटर्नेबल ग्लास बोत्तलमा यो उपलव्ध रहेको कम्पनीले जनाएको छ ।

यो कान्छु बोत्तललाई वातावरणमैत्री बनाउनको लागि पुनप्रयोग गर्न मिल्ने तरिकाले डिजाइन गरिएको छ । यो ग्लास प्याकेजिङमा आउने हुँदा कोकको फ्रेसनेस र ग्रेट टेस्ट लामो समयसम्म रहिरहने कम्पनीको दावी छ । यो रिटर्नेबल ग्लास बोत्तल नेपालका सबै डिपार्टमेन्ट स्टोर र किराना पसलहरुमा फेन्टा र स्प्राइटको लागि पनि उपलब्ध छ ।कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीका अनुसार यो नयाा रिटर्नेबल ग्लास बोतल कोका–कोलाको नेपालमा उपलब्ध पेय पदार्थमध्ये सबैभन्दा सानो बोत्तल हो ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने ‘नयाँ कान्छु प्याक सबैभन्दा अफोर्डेबल मात्र नभएर यसको प्याकेजिङ नै विशेष गरी नेपाली उपभोक्तालाई ध्यानमा राखेर नेपाली नाम र नेपाली लोगोसहित डिजाइन गरिएको छ ।’ कान्छु बोतलजस्तै कोका–कोलाले सन् २०१९ मा २५० एमएलको जिग्री प्याक लन्च गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्