‘एमसीसी संसदमा पेश गर्नु राष्ट्रप्रतिको अपमान र जनताप्रतिको धोका हो’ : भीम रावल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले एमसीसी संसदमा पेश गर्नु राष्ट्रप्रतिको अपमान र जनताप्रतिको धोका भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको विषय होहल्लाका बीच संसदमा पेश गर्नु देशप्रतिको अपमान भएको बताएका हुन् ।

नेता रावलले एमसीसीमा समर्थन गर्नेहरु गद्दारको रुपमा इतिहासमा अंकित हुने टिप्पणी गरेका छन् । एमसीसी राष्ट्रिय हित र स्वाधीनताको विरुद्ध रहेको भन्दै नेता रावलले व्याख्यात्मक टिप्पणीबाट राष्ट्रविरोधी प्रावधान सच्याउँछु भन्नु धोका भएको बताए ।  संकल्प प्रस्ताव र व्याख्यात्मक टिप्पणीबाट राष्ट्रघाती प्रावधान सच्याउनु कुरा गर्नु जनतालाई ठग्नुमात्र हो । यस्तो कुरा महाकाली सन्धीका बेलामा निरर्थक संकल्प प्रस्ताव जस्तै हो’ उनले बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्