‘एमसीसीमा व्याख्यात्मक घोषणाको कुनै कानूनी अर्थ छैन’ : झलनाथ खनाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमसीसीमा व्याख्यात्मक घोषणाको कुनै कानूनी अर्थ नरहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफलमा भाग लिँदै खनालले व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गर्ने कुराको समेत कुनै ग्यारेन्टी नरहेको र यसको कुनै कानूनी अर्थ नरहेको बताएका हुन् ।

खनालले सम्झौताको सम्पूर्ण बुँदामाथि सार्वभौम संसद्मा छलफल गर्ने वातावरण नबनाइ पारित गर्न खोज्‍नु आपत्तिजनक रहेको समेत उल्लेख गरे । सन्धि र सम्झौता सबै सांसदहरुले पढ्न र छलफल गर्न पाउनेपर्ने भन्दै उनले एमसीसीका हेरक सम्झौता सांसदहरुलाई बितरण गर्नुपर्ने धारणा राखे । खनालले नेपाललाई प्राप्त हुने सहयोगको बिपक्षमा आफुहरु नरहेको स्पष्ट पार्दै कुनै देशको सहयोगले नेपालको राष्ट्रहितलाई खलल पार्न नहुने तर्क गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्