बिरोधबीच अघि बढ्यो एमसीसीमाथिको छलफल

Ad
  • कालोपाटी सम्बाददाता

अमेरिकी सहयोग परियोजना एमसीसीमाथिको छलफल प्रतिपक्षी दल एमालेको होहल्लालाई पछाडी पार्दै अघि बढेको छ । आजको संसद् बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्तावमाथि छलफल सुरु भएको हो ।

बैठक जारी रहँदा एमालेले अवरोध सहित नाराबाजी गरिरहेको छ। यस्तै नेमकिपा, जनमोर्चाका सांसदले पनि विरोध गरेका छन् । सत्तारुढ दलकै पनि केही सांसदले विरोध गरेका छन् भने विरोध र विवादका बीच एमसीसी अघि बढाइएको हो । एमालेले एमसीसीको विरोध गर्दै संसद् अवरोध भने गरेको होइन । उनले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै अवरोध गरेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्