‘एमसीसी सम्झौता संशोधनविना अघि बढ्न सक्दैन’ : सचेतक गुरुङ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रमुख सचेतक देव गुरुङले एमसीसी सम्झौता संशोधनविना अघि बढ्न नसक्ने स्पष्ट पारे । उनले एमसीसीलाई सदनबाट पारित गरेर ऐनका रूपमा मान्यता दिए देशको सार्वभौममाथि प्रहार हुने बताए ।

गुरुङले सम्झौता भनेको दुई पक्षीय हुने भन्दै हाम्रो संसदले गरेको घोषणा एमसीसी कम्पनीलाई स्वीकार्य हुन्छ हुन्न भन्ने प्रश्न बाँकी रहेको बताए । उनले हाम्रो घोषणा एमसीसी कम्पनीलाई स्वीकार्य हुन्छ भने हामीले गरेको घोषणाको सकारात्मक अर्थ रहन्छ भने दलहरुबीच भएको घोषणा समेत छलफलमा ल्याउन आग्रह गरे ।

‘राष्ट्रिय स्वाधीनतासँग जोडिएको मुद्दा भएकाले गम्भिरतापूर्वक छलफल गर्दै आपसी सहमतिका आधारमा अघि बढाउन सकिने बताए । उनले यो आर्थिक परियोजनाका दफा उपदफाहरू नेपालको सार्वभौमिकतामाथि खण्डित गर्ने, नियन्त्रण गर्ने आशयसहित आएकाले गम्भिर रुपले प्रश्न उठेको पनि बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्