संसद भवन अगाडि मूल सडकमा राखिएको ‘शंकास्पद वस्तु’ डिस्पोज

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नयाँ बानेश्वरको मूल सडकमा शंकास्पद रुपमा छाडिएको प्रेसर कुकर सेनाको टोलीले निष्क्रिय पारेको छ । सोमबार संसद् भवन नजिकैको घुम्तीमा शंकास्पद प्रेसर कुकर भेटिएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले वरिपरि आवागमन निषेध गरेर नेपाली सेनाको टोलीले निष्क्रिय पारेको हो । तारले बेरेको अवस्थामा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएपछि बम भएको आशंकामा सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको थियो। उक्त शंकास्पद कुकरभित्र बम नभई इटाँ र प्लास्टिकको टुक्राहरु मात्र रहेको सेनाले जानकारी दिएको छ ।

उक्त शंकास्पद वस्तु फेला परेपछि त्यस क्षेत्रमा सवारी आवागनममा ट्राफिक प्रहरीले रोकेको थियो । उक्त वस्तु निष्क्रिय पारेसँग यातायातका साधन सञ्चालनमा आएको छ । त्रास फैलाउनका लागि बम भन्दै उक्त कुकर राखिएको महानगरीय प्रहरी कार्यालयले पुष्टि गरेको छ । एमसीसी अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगायतका ६ कम्युनिस्ट घटकले सोमबार नेपाल बन्दको आव्हन गरेका छन् । त्यही क्रममा मोटरसाइकलमा आएका व्यक्तिले बानेश्वरको व्यस्त सडकमा शंकास्पद प्रेसर कुकर राखेर फरार भएका थिए । सीसीटिभी फुटेजका आधारमा उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्