नेपाल पर्वतारोहण संघद्दारा ३ हजार भन्दा बढि पर्वतारोहीहरुलाई राहत वितरण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । निपोन फाउण्डेशनको सहयोगमा नेपाल पर्वतारोहण संघले पर्वतारोहीहरुलाई राहत सामग्री उपलब्ध गराएको छ । सोमवार नेपाल पर्वतारोहण संघको प्रांगणमा भएको कार्यक्रममा ३ हजार १ सय २५ जना पर्वतारोहीहरुलाई राहत सामग्री उपलब्ध गराएको हो । कोरोना भाइरसका कारण समस्यामा परेका पर्वतारोहीहरुलाई राहत सामग्री वितरण गर्दै नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले आजबाट कोरोनाका कारण समस्या परेका आरोहीहरुलाई राहत सामग्री उपलब्ध गराउन शुरु गरेको बताए ।

उनले यो मारमा परेका पर्वतारोहीहरुको लागि मित्रतास्वरुप उपहार भएको पनि बताए । अध्यक्ष लामाले ढिलो गरेर शुरु भएपनि पर्यटन मजदुरको लागि भइरहेको सहयोग धेरै राम्रो भएको बताए । त्यस्तै एकीकृत पर्यटन श्रमीक संगठन नेपालको केन्द्रिय महासचिव टीकाराम नेपालीले पर्वतारोहीहरुलाई गरिएको राहतले खुशी थपेको बताए । उनले पहिल्यैबाट हुनुपर्ने काम ढिलो गरेर शुरु गरेको भएपनि यसले समस्यामा परेका पर्वतारहीहरुलाई केही राहत दिने बताए ।

महासचिव नेपालीले राहत सामग्री दिनुभन्दा रकम दिएको भए झनै समस्यामा परेका पर्वतारोहीहरुले आवश्यक ठाउँमा त्यसको सदुपयोग गर्नसक्ने बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्