‘एमसीसी पारित भएसंगै मुलुक दुर्घटनाबाट बचेको छ’ : अध्यक्ष दाहाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पारित भएसंगै मुलुक दुर्घटनाबाट बचेको बताएका छन् । सोमबार खुलमटारमा पत्रकार सम्मेलन गर्दै प्रचण्डले शान्ति प्रक्रिया, संविधान र लोकतन्त्र खतरा पर्ने देखेपछि एमसीसी पारित गर्न सहमति जनाएको भन्दै मुलुक दुर्घटनाबाट बचेको बताएका हुन् ।

एमसीसी अनुमोदन भएसँगै गठबन्धन र सरकार जोगिएको र अब सरकारको ध्यान चुनाव गराउनेमा केन्द्रित रहने उनले बताए । त्यस्तै प्रचण्डले एमसीसी ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गरे । उनले एमसीसीलाई संसदबाट संकल्प प्रस्ताव पारित गर्ने नेकपा हुदा नै प्रस्ताव गरेको तर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेको आरोप पनि लगाए । प्रचण्डले पहिले अमेरिकाले नेपाललाई ठूलो सहायता दिने भयो भनेर सबै खुसी भए पनि नेकपाको सरकार बनेपछि अनेक विषय आउँदा गिजोलिएको धारणा पनि राखे । प्रचण्डले संसदबाट पारित गरिएको व्याख्यात्मक टिप्पणी अन्तर्राष्ट्रिय कानून अनुसार एमसीसीको अंग बन्ने दावी गरे । एमसीसी विगतमा महाकाली सन्धिबारेको संकल्प प्रस्तावजस्तो हल्का नभएको उनको भनाई छ ।

प्रचण्डले व्याख्यात्मक टिप्पणीबारे अमेरिकी दूतावासबाट पनि सकारात्मक संकेत आएको जिकिर गरे । अमेरिकाले व्याख्यात्कम घोषणा नमाने एमसीसी खारेज हुने पनि उनले बताए । त्यस्तै उनले एमसीसीको विरोध गनेवित्तिकै सबै जनताको सहानुभूति पाइने ठानेर पार्टीका केही नेताहरुले विरोध गरिरहेको टिप्पणी गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्