जाल्पा लघुवित्तको शेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा नियुक्त भएको छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेड र प्रभु क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतामा जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिमला योगी र प्रभु क्यापिटलको तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका हुन् ।

२०७८ फाल्गुण १३ गतेदेखि लागू हुने गरी जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

शेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्