रतुवा मृग मारेको आरोपमा ३५ बर्षिय श्रेष्ठ पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका–७ बालेश्वर गुफाबाट रतुवा मृग मारेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सभापोखरी गाउँपालिका घर भई हाल चैनपुर–७ फलाटे बस्ने ३५ बर्षीय दिलबहादुर श्रेष्ठलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख प्रहरी निरीक्षक योजराज खतिवडाले जानकारी दिए ।

अस्थायी प्रहरी चौकी पिलुवाखोलाबाट खटिएको प्रहरीको गस्ती टोलीले बोरामा लुकाइराखेको रतुवा मृगसहित श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी निरीक्षक खतिवडाले बताउनुभयो । रतुवा मृग मारेको आरोपमा पक्राउ परेका श्रेष्ठको साथबाट एक थान भरुवा बन्दुकसमेत फेला प्रहरी प्रहरी निरीक्षक खतिवडाले बताउनुभयो । पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत सङ्खुवासभाबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । थप अनुसन्धानका लागि रतुवा मृत चैनपुर सबडिभिजन वन कार्यालय पोखरी पठाइएको प्रहरी निरीक्षक खतिवडाले बताए । पक्राउ परेका श्रेष्ठलाई हातहतियार खरखजाना मुद्दामा म्याद थप गरिएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्