माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा चौधरी

Ad
  • कालोपाटी सम्बाददाता

कञ्चनपुर । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको अध्यक्षमा हरिराम चौधरी उत्सव निर्वाचित भएका छन् । प्रदेश निर्वाचन समितिका अनुसार खसेका २१० मतमध्ये चौधरी ११४ मत पाउँदै विजयी भए भने उनका प्रतिद्वन्दी मानबहादुर धामी सन्तोषले ९३ मत पाएका छन् ।

प्रदेश समितिको उपाध्यक्षमा अक्कल रावल अछाम, मानसिंह माल डडेल्धुरा र रणबहादुर कुँवर ९बैतडी० विजयी भएका छन् । सचिवमा जनक बुढा बझाङ, सहसचिवमा नन्दबहादुर साउद राजेन्द्र कैलाली, रामबहादुर देवकर कञ्चनपुर र अन्जिता श्रेष्ठ डोटी तथा कोषाध्यक्षमा कमलकुमारी शाह बाजुरा विजयी भएका छन् ।

निर्वाचन अधिकृत केदारचन्द्र भट्टका अनुसार गत मङ्सिरमा अध्यक्ष पदका आकांक्षी धेरै देखिएको र सहमति हुन नसक्दा प्रदेश सम्मेलनले २२३ सदस्यमात्रै छनोट गरेको थियो । सोमबार साँझ निर्वाचन प्रक्रियामार्फत प्रदेश समितिका पदाधिकारी चयन भएका हुन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्