अख्तियारमा उजुरी दिन नागरिकताकोे फोटोकपी अनिवार्य गर्नुपर्ने माग

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । उर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ ‘कान्छाराम’ले अख्तियारमा उजुरी दिन नागरिकताकोे फोटोकपी अनिवार्य गर्नुपर्ने माग गरेका छन् । मन्त्री तामाङले राज्य व्यवस्था समितिको बैठकमा बेनामी उजुरीले दुःख मात्र्र दिएकाले उजुरीकर्ताको नागरिकताकोे फोटोकपी अनिवार्य गर्नुपर्ने बताए ।

बेनामे उजुरीकै कारण कर्मचारीदेखि व्यवसायीसम्मले दुःख पाइरहेको उनको बुझाई छ । वेनामे उजुरीले अख्तियारका कर्मचारी पनि दिक्क भएको भन्दै राज्यमन्त्री तामाङले आफू स्वयंले पनि धेरै दुःख पाएको बताए । राज्यमन्त्री तामाङले हात जोड्दै भने, “दश औँला जोडेर अनुरोध गर्छु, नागरिकताको फोटोकपी अनिवार्य गरौँ । यसमा सहयोग गर्दिनुस् ।”

 

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्