राजसंस्था पुर्नस्थापना राप्रपाको कार्यनीतिमा नरहेको स्पष्ट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुर्नस्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पारेका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्टयाएका हुन् ।

उनले हिन्दु राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताए । धर्मनिरपेक्षताको खारेजी र संघीयताको परिमार्जन गर्न आफ्नो पार्टीले जोड दिने अध्यक्ष थापाको भनाई थियो । त्यसमा अवसरमा अध्यक्ष थापाले पार्टीमा मनोनित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गर्दै उत्साहका साथ काम गर्न निर्देशन दिए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्