महाशिवरात्रिको अवसरमा महालक्ष्मी विकास बैंकले गर्यो शिविर संचालन

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । महालक्ष्मी विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्वका कार्यक्रम अन्तरगत महाशिवरात्रिको अवसरमा शिविर संचालन गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरर्गतको कार्यक्रमलाई निरन्तरता दिदै हिन्दुहरुको महान पर्व महाशिवरात्रिको पावन अवसरमा बैंकको पोखरा, लेकसाइड शाखाले पोखरा महानगरपालिका वडा नं.६ मा अवस्थित केदारेश्वर महादेव मन्दिरमा शिविर संचालन गरेको हो ।

महाशिवरात्रिलाई लक्षित गरी केदारेश्वर मन्दिरमा सहभागी भएका व्रतालु तथा भक्तजनहरुलाई दर्शन गर्न सहज होस् भन्ने हेतुले उक्त शिविर संचालन गरिएको पोखरा, लेकसाइड शाखाका शाखा प्रवन्धक नवराज भण्डारीले बताए । केदारेश्वर म्न्दिर दर्शन गर्न पुगेका दर्शालु तथा भक्तजनहरले बैंकले गरेको यस पुण्य कार्यको सराहना गर्दै खुसी व्यक्त गरेका थिए ।

महाशिवरात्रिमा केदारेश्वर मन्दिरमा सहभागी भएका करिब पाँच हजार व्रतालु तथा भक्तजनहरलाई चिया, फलफुल तथा पानी वितरण पनि गरेको छ । आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई अझै प्रभावकारी रुपमा संचालन गर्ने कुरा बैंकले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्