बुधबार १ सय २७ जनामा कोरोना संक्रमण पुष्टी, ३ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा थप १ सय २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको ४ हजार ६ सय ७२ पिसिआर परिक्षणका क्रममा १ सयय २३ जना र २ हजार २ सय २ एन्टीजेन परिक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ४१ जनाको मृत्यु भएको छ । त्यस्तै थप ३ सय २१ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५७ हजार ४ सय ८८ जना निको भएका छन् । हाल नेपालमा ७ हजार ७ सय ७० संक्रमित आइशोलेशन र १ सय ६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्