‘महिलाहरुले संचालन गर्ने सबै उद्योगहरुमा कर छुटको व्यवस्था गर्न लागिपर्ने’ : मन्त्री रेग्मी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुले संचालन गर्ने सबै उद्योगहरुमा कर छुटको व्यवस्था गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ११२औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले महिलाहरुलाई उद्यमशील बनाउनका लागि पनि उनीहरुले संचालन गर्ने सबै उद्योगहरुमा आवश्यक कच्चा पदार्थ र मेसिनहरुमा आगामी आर्थिक वर्षको बजेटमै कर छुटको व्यवस्था गर्न सक्दो प्रयास गर्ने बताएका हुन् ।

त्यसका लागि प्रधानमन्त्री, अर्थमन्त्रीलगायतका सम्बन्धित मन्त्रालयहरुसँग आवश्यक लविङ गर्ने कामलाई आफूले सुरु गर्ने उनको कार्ययोजना थियो । त्यस अवसरमा मन्त्री रेग्मीले स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा कर छुट गर्न आफ्नो मन्त्रालयले प्रक्रिया अघि बढाएको पनि जानकारी दिए । स्वदेशमै उत्पादन हुने सेनेटरी प्याडमा पनि कर लाग्दो रहेछ भन्ने कुरा मन्त्री भएपछि आफूले थाहा पाएको उल्लेख गर्दै उनले तत्काल त्यसलाई हटाउन आन्तरिक राजस्व विभागलाई पत्राचार गरिएको स्पष्ट पारे । मन्त्री रेग्मीले महिलाहरुलाई कुनै पनि अवसरबाट बञ्चित नगर्न पटकपटक आग्रह गरे । बल र बुद्धि सबै क्षेत्रमा अगाडि रहेका महिलाहरुलाई अवसरबाट बञ्चित गरे समतामूलक समाज निर्माण गर्न नसकिने उनको तर्क थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्