स्थागित भएको कांग्रेस सप्तरीको जिल्ला अधिवेशन सुरु

Ad
  • कालोपाटी सम्बाददाता

सप्तरी । स्थगित भएको नेपाली कांग्रेस सप्तरीको नयाँ नेतृत्वका लागि जिल्ला अधिवेशन आज सुरु भएको छ । आज बिहानबाट मतदान सुरु भएको नेपाली कांग्रेसले जनाएको छ । सप्तरीको राजविराजस्थित पब्लिक माविमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको कांग्रेस नेता बद्री महत्मान यादवले जानकारी दिनुभयो । नयाँ नेतृत्वका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिएका छन् ।

यसअघि फागुन २१ गते रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचन स्थलमा एउटै व्यक्तिले पटक पटक मतदाताको सहयोगी बनेको भन्दै विवाद उत्पन्न भएर अधिवेशन स्थगित भएको थियो । निर्वाचन अधिकृत डा रुद्र शर्माका अनुसार जिल्ला अधिवेशनका लागि कूल दुई हजार ५३५ मतदाता छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्