‘महिलाहरु ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनपर्छ’ : मन्त्री भुसाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले महिलाहरु ५० प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताएका छन् । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले महिलाले पाएको ३३ प्रतिशत अधिकारलाई लागु गर्दै बाँकी रहेको १७ प्रतिशत अधिकार प्राप्तिका लागि आन्दोलित हुनुपर्ने बताएका छन्  ।

उनले महिलाहरुले राजनीतिक, संवैधानिक र कानूनी रुपमा अधिकार पाएपनि व्यवहारिक रुपमा अधिकारको प्रत्याभूति हुन नसकेको बताए । छोरीहरुलाई छोरा सरह पैतृक सम्पतिमा अधिकार दिनेकुरा संविधान र कानूनमा उल्लेख गरिएको भएपनि व्यवहारमा कार्यान्वयन हुन नसकेको उनले बताए । कानूनमा पाएका अधिकारलाई जिवन व्यवहारमा लागु गर्नुपर्नेमा उनको जोड छ ।

मन्त्री भुसालले अझैपनि महिलामाथि हुने हत्या, हिंसा र बलात्कारका घटनाहरु घट्नु चुनौतीको विषय भएको बताए । महिलामाथि हुने अपराधलाई रोक्नु राज्यको कार्यभार भएको भन्दै उहाँले राज्यसँगै प्रत्येक व्यक्ति, परिवार र समाजपनि जिम्मेवार हुनुपर्ने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्