‘संविधानले प्रत्याभुत गरेका महिला अधिकार सुनिश्चित गर्न सबै प्रतिवद्ध हुनुपर्ने’ : प्रधानमन्त्री देउवा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानले प्रत्याभुत गरेका महिला अधिकार सुनिश्चित गर्न सबै प्रतिवद्ध हुनुपर्ने बताए । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले महिलाहरुका लागि संविधानले दिएको सबै प्रकारको हक तथा अधिकारलाई सुनिश्चित गर्न सम्वद्ध सबपक्ष प्रतिवद्ध हुनुपर्ने बताएका हुन् ।

संविधानले महिलामाथि हुने भेदभावको अन्त्य गर्दै समानुपातिक, समावेशी र समतामुलक समाज निर्माणको संकल्प गरेको भन्दै उनले महिलालाई समान वंशिय हक, पैतृक सम्पतिमा हक, सुरक्षित मातृत्व र प्रजनन्सम्बन्धि हक प्रदान गरिएको बताए । प्रधानमन्त्री देउवाले महिला सशक्तिकरणको विषय सबैको साझा विषय भएकाले तिनै तहको सरकारले पहलकदमी लिनु आवश्यक रहेको बताए ।

प्रधानमन्त्री देउवाले महिलामाथि हुने लैंगिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मुल गर्न शुन्य सहनशीलताको नीति अपनाई सरकारले काम गरिरहेको बताए । सरकारले महिलाहरुको आर्थिक अवस्थालाई उकास्न राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत महिला उद्यमशीलता तथा जीविकोपार्जनको कार्यक्रम चलाएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउने उनले बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्