महिला हिंसा अन्त्यका लागि कानूनको सुधार गर्नुपर्नेमा मन्त्री झाक्रीको जोड

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाक्रीले महिला हिंसा अन्त्यका लागि कानूनको सुधार गर्नुपर्नेमा जोड दिएका छन् । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाक्रीले महिला हिंसा अन्त्यका लागि कानूनको सुधार गर्नुपर्नेमा जोड दिने बताएका हुन् ।

कसैले अधिकारको प्रयोग गर्दैगर्दा अर्को पक्ष पीडित बन्ने कुरालाई ध्यान दिदैँ कानूनको सुधार गर्नुपर्ने उनले बताए । कतिपय महिला हिंसाका घटनालाई राजनीतिकरण गरेर पीडितले न्याय नपाउने अवस्था आएकाले त्यस्ता घटनाको विषयमा बहस र पैरवी अदालतमा मात्रै हुनुपर्ने उनले बताए । मन्त्री झाक्रीले संवैधानिक निकायहरुमा बनेका कानूनहरुको प्रभावकारी कार्यान्वयन भएका छन् कि छैनन् भनेर अनुगमन गर्नुपर्ने पनि बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्