सञ्चारमन्त्री कार्कीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत यान्डी बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा मन्त्री कार्कीले अमेरिकाले नेपालको आर्थिक विकास तथा पूर्वाधार निर्माणमा विगतदेखि गर्दै आएको सहयोगका लागि आभार व्यक्त गर्दै आगामी दिनमा थप सहयोग निरन्तरताको अपेक्षा गरेका थिए । सो अवसरमा राजदूत बेरीले नेपाल र अमेरिकाबीच मैत्रीसम्बन्ध कायम भएदेखि नै दुई देशबीच सुमधुर सम्बन्ध रहदै आएको उल्लेख गर्दै अमेरिकाले नेपाललाई प्राथमिकताका साथ विविध क्षेत्रमा सहयोग गर्दै आएको बताएका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्