इसेवाबाट स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर पाइने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालको पहिलो भुक्तानी प्रणली सेवा प्रदायक इसेवा मार्फत स्कुलको शुल्क भुक्तानी गर्दा विभिन्न अफर जित्न सकिने भएको छ । इसेवाबाट शैक्षिक शुल्क भुक्तानी गर्दा एक महिनाको निशुल्क इन्टरनेट प्राप्त गर्न सकिनेछ । यस्तै मेरो स्कुलको ३ महिनाको निशुल्क शब्क्रिब्सन गर्न सकिनेछ भने किड्स् इन्साइडर म्यागेजिनको एक वर्षको निशुल्क शब्क्रिब्सन गर्न सकिनेछ । इसेवा मार्फत देशभरमा ४ हजार सय भन्दा बढि स्कुलको शुल्क भुक्तानी गर्न सकिनेछ ।

हल इसेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ५० लाख नाघेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ५० लाख जनसंख्याले इसेवा मार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब १ लाख ४० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हालसम्म इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब ५० लाख पुगिसकेका छन् । इसेवामा हाल मर्चेन्टको संख्या २ लाख बढि रहेका छन् । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्