महालक्ष्मी विकास बैंकद्दारा साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । महालक्ष्मी विकास बैंक लिमिटेडको चिप्लेढुङ्गा शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा महानगरपालिका वडा नं.१९ हेम्जा अवस्थित अम्विका माध्यमिक विद्यालयलाई साइन्स ल्यावका लागि आवश्यक सामाग्रीहरु प्रदान गरेको छ ।

विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिदै यस बैंकले बिधालयलाई सहयोग गरेको हो । यस सहयोगबाट विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको प्रयोगात्मक पढाइलाई थप प्रभावकारी बनाउने विश्वासका साथ उक्त प्रयोगसालाका सामाग्रीहरु प्रदान गरिएको कुरा पोखरा, चिप्लेढुङ्गा शाखाका शाखा प्रवन्धक किरण घिमिरेले जानकारी गराए । एक विशेष कार्यक्रमकाबीच उक्त विज्ञान प्रयोग शालाका सामाग्रीहरु विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास भण्डारीलाई हस्तान्तरण गरेको हो ।

महालक्ष्मी विकास वैंक ले यस्ता सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु नेपाल भर छरिएर रहेका १०३ शाखाहरु मार्फत गर्दै आइरहेको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइरहने कुरा जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्