सेञ्चुरी कमर्सियल बैंकको १२९औं शाखा काठमाडौंको भिमसेनगोलामा सञ्चालन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको भिमसेनगोलामा नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले ग्राहकवर्गहरुमाझ आफ्नो सेवा विस्तार गर्ने क्रममा फागुन २६ गतेदेखि काठमाडौंको भिमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो । बैंकका संचालक समिति सदस्य प्रा।डा। गीता प्रधानले बैंकको १२९औं शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक मनबहादुर राई, सुनिल न्यौपाने, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्च व्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । भिमसेनगोला शाखा संचालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २६ पुगेको छ ।

देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १२९ पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २६ शाखारहित बैंकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्