‘घरघरमा कांग्रेस, जनजनमा कांग्रेस’अभियान सञ्चालन गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

बैतडी । नेपाली कांग्रेसले ‘घरघरमा कांग्रेस, जनजनमा कांग्रेस’ अभियान सञ्चालन गर्ने भएको छ । आगामी चुनावलाई सो अभियान सञ्चालन गर्ने तयारी भएको जिल्ला सभापति चतुरबहादुर चन्दले बताए । जिल्लामा टोल समिति विस्तार अभियान जारी रहेको र अब घरघरमा पुग्ने अभियान सुरु हुनेछ । उनले भने , “हामीले पार्टीको जिल्ला कार्यसमितिको तेस्रो बैठकबाट घरघरमा जाऔँ, कांग्रेस जिताउ अभियान सञ्चालन गर्ने निर्णय गरेका हौँ ।

सोहीअनुसार पार्टीका नेता र कार्यकर्तासहित घरघरमा पुग्छौँ ।” यही फागुन २९ गतेदेखि एक महिनासम्म अभियान सञ्चालन गर्ने तयारी भएको जिल्ला सचिव प्रेमबहादुर चन्दले बताए । पार्टीको सङ्गठन विस्तार र सुदृढीकरणका लागि अभियान सञ्चालन गर्ने तयारी भएको हो । पार्टीको सिद्धान्त, नीति र विचारलाई आममानिसमा पुयाउनका लागि अभियान सञ्चालनको तयारी भएको बताइएको छ ।

आगामी निर्वाचनमा पार्टीलाई बहुमत दिलाउनका लागि प्रत्येक वडा, टोल र घरमा पुग्ने सभापति चन्दले बताए । उक्त अभियानका लागि यज्ञराज जोशीलाई केन्द्रीय प्रतिनिधिको रुपमा खटाइएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्