मंगलम वायरसेफ नेपाली बजारमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालकै पहिलो सिपिभिसि पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीको अग्रणी उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिज प्रालिले सातौँ नेपाल बिल्डकन एक्स्पोमा मंगलम वायर सेफ लन्च गरेको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सञ्चारकर्मीहरूको उपस्थितिमा वायरसेफको अनावरण गरेकी हुन् । शुक्रबारदेखि आइतबारसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको यो नेपालकै सबैभन्दा ठूलो एक्स्पो हो ।

एक्स्पोमा मंगलमको पनि सहभागिता रहेको छ । वायरसेफ एमआरएलएस विद्युतीय कन्ड्युट पाइप घर धनीहरूका लागि सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यका साथ निर्माण गरिएको मंगलम इण्डस्ट्रिजले जनाएको छ । एउटा सामान्य घर बनाउँदा प्रायः खानेपानी र ड्रेनेजको लागि छुट्टा–छुट्टै किसिमको पाइपहरू प्रयोग गरिए पनि चेतनाको कमी र उत्पादनको अनुपलब्धताले गर्दा वायरिङ्गको लागि भने कालो एचडिपिइ पाइप नै अझै पनि प्रयोग गरिन्छ । तर यो पाइप वायरिङ्गको लागि बनेको हुँदैन र यसले विद्युतीयजोखिमहरूबाट नबचाउने इण्डस्ट्रिजले जनाएको छ ।

मंगलम इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले भने, ‘हाम्रो नयाँ उत्पादन मंगलम वायरसेफ लन्च गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ । जुन अहिलेको आवश्यकता हो । हामीले विद्युत चुहावटका कारण सर्टसर्किट र अन्य दुर्घटनाहरूका धेरै समाचार सुन्दै आएका छौँ । घर राम्रो र बलियो बनाउन सही निर्माण सामाग्रीको साथसाथै सही पाइपिङ र प्लम्बिङको छनोट पनि उत्तिकै महत्वपूर्ण हुन्छ किनकि घरको लागिपाइपिङ भनेको शरीरको लागिनशा जस्तै हो । वायरसेफको उपलब्धता सँगै अब यस्ता विद्युतीय दुर्घटनाबाट हुन सक्ने मानवीय र आर्थिक क्षति कम हुने विश्वास गर्दछौँ ।’

मंगलमका सबै उत्पादनहरू उच्च गुणस्तरीय जापानी कच्चापदार्थ र अत्याधुनिक जर्मन प्रविधि प्रयोग गरेर नेपालमै बनाइन्छन् । नेपालकै सबैभन्दा ठूलो प्रयोगशालाभएको मंगलम् इन्डस्ट्रिजले नेपालमानिर्माण कार्यका लागिआवश्यक सबै पाइपतथा फिटिङ्स उत्पादनगर्दै आएको छ । मंगलमका हरेक उत्पादन उच्च गुणस्तरीय जापानीज कच्चापदार्थबाट अत्याधुनिकप्रविधिको प्रयोग गरी बनाइने गरेको इण्डस्ट्रिजले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्