प्रतिनिधिसभामा प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग प्रस्ताव पेश

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव प्रतिनिधिसभाको बैठकमा पेश भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश जबरा विरुद्धको महाअभियोग प्रस्ताव नेकपा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले गरेका हुन् ।

महाअभियोग प्रस्ताव पेश गर्दै सांसद गुरुङले प्रधानन्यायाधीश जबराले संविधान, कानुन र न्यायिक मूल्य मान्यताविरुद्ध काम गरेको, उनको न्यायिक आचरण र कार्यक्षमताका अभाव देखिएको बताए । सभामुख सापकोटाले महाअभियोग प्रस्तावमाथि आगामी वैठकमा छलफल गर्ने बताएका छन् । अब प्रतिनिधिसभाको बैठक चैतमा २ गते बस्नेछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्