‘दार्चुलामा भारतले एकतर्फी बनाएको तटबन्धबारे गृहमन्त्रीले जवाफ दिनुपर्छ’ : भीम रावल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले दार्चुलाको बंगबगरमा भारतले एकपक्षीय रुपमा तटबन्ध बनाएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भारतको उक्त कदम अन्तर्राष्ट्रिय कानुन र असल छिमेकीको मान्यताविपरीत रहेको टिप्पणी गरेका छन् । दार्चुलावासीले भारतको सो कार्य तत्काल बन्द गर्न आवाज उठाउँदै गर्दा सरकारले कुनै चासो नदेखाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्। एमसिसीसँगको सम्झौताका राष्ट्रघाती प्रावधानहरूलाई यथावत् राखेर अनुमोदन गरिएको भन्दै उनले देशभक्त नेपालीहरूको आवाजलाई राज्यसंयन्त्र प्रयोग गरेर दबाउने षड्यन्त्र भइरहेको उनले बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्