काठमाडौं उपत्यका खानेपानी र इसेवाबीच अनलाईन भुक्तानी सम्झौता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०को खानेपानी महशुल इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ । इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र केयुकेएलका तर्फबाट का।मु। उपकार्यकारी अधिकृत विजय तिमिल्सिनाले खानेपानी सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

यो सँगै इसेवा मार्फत केयुकेएलका ठिमी, भक्तपुर, त्रिपुरेश्वर, क्षेत्रपाटी, कीर्तिपुर,वानेश्वर,महांकालचौर,ललितपुर,महाराजगं शाखाका ग्राहकले इसेवाबाटै महशुल भुक्तानी गर्न सकिन्छ । यसले आम खानेपानी ग्राहकको ठुलो हिस्सालाई सहज बनाउने अपेक्षा गरिएको छ । हाल देशभर रहेका सयौँ खानेपानी समितिहरुको खानेपानी महशुल समेत इसेवाबाट भुक्तानी गर्न सकिन्छ ।

इसेवा प्रयोगकर्ताले मोबाईलबाटै सिधै अनलाइनबाट सिधै शुल्क भुक्तानी गर्न सकिन्छ भने इसेवा एकाउन्ट नभएका ग्राहकहरुले आफ्नो नजिकै रहेका जोन तथा पोइन्ट मार्फत रकम भुक्तानी गर्न सकिन्छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रुपमा खाता खोल्नेको संख्या ५० लाख पुगेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् ।

हाल इसेवाका देशभर करिब एक लाख ३० हजार भन्दा बढी एजेन्ट इसेवा जोन तथा पोइन्टमा रहेका छन् । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्