कीर्तिपुरको पांगाको खाःचो बस्तिमा स्वबासीलाई जग्गा धनी प्रमाण पत्र लालपूर्जा वितरण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले कीर्तिपुर ५ वडा पांगाको खाःचो बस्तिमा स्वबासीलाई जग्गा धनी प्रमाण पत्र लालपूर्जा वितरण गरेको छ । २०१९ सालको जग्गा नापजाँच ऐनपछि ब्लक नापी भई हालसम्म ब्लकमै रहेका जग्गाको सरकारले पुनः कित्ता नाप गरि मंगलबार लालपुर्जा वितरण गरिएको हो ।

नापी भएर अहिलेसम्म ब्लकमा रहेका ३६ वटा कित्ताका ३२ स्थानीय घर परिवारलाई भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले लालपुर्जा वितरण गरेका हुन् । लालपूर्जा वितरण कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले भमिहिन नागरिकलाई जमिन उपलब्ध गराउने पहिलो प्राथमिता रहेको बताए । उनले भमिहिन नागरिकलाई जग्गा दिने चार महिनाको अभियानमा १५ हजार भुमिहिन नागरिकलाई लालपूर्जा वितरण गरि सकिएको बताए ।

मन्त्री श्रेष्ठले राष्ट्रिय भुमि आयोग मार्फत अहिले रहेको भुमिहिन समस्या सदाका लागि अन्त्य गर्ने गरी काम गरिरहेको बताए । उनले किर्तिपुरका स्वबासीका जनतालाई यो वर्षको कार्यक्रम नै नभएको बजेट तथा कर्मचारी अभावका बीच तत्काल जग्गा नापी गरेर भुमिहिन जनतालाई जग्गाको लालपूर्जा वितरण गरिएको बताए । मन्त्री श्रेष्ठले जग्गा पूर्जा वितरण गर्न खोज्यो भने गर्न सकिने रहेछ भन्ने एउटा उदाहरण भएको पनि बताए । उनले सरकारले सहिद,बेपता परिवार,हलिया,कमैया,कम्लरी,हरुवा, चरुवा लगायत सिमान्तकृत समुदायका लागि नापी तालिमको व्यवस्था गर्ने बताए ।

बजेट व्यवस्थापन तथा कर्मचारी अभाव नहुँदा नहुँदै जग्गा नापी गरेर लालपुर्जा वितरण गरिएको हो । सरकार बनेपछि मात्रै १५ हजार जग्गा विहिन नागरिकलाई लालपूर्जा वितरण गरिएको छ।  सहित,बेपताका परिवार,हलिया, कमैया, कम्लरी, हरुवा, चरुवा लगायत सिमान्तकृत समुदायका लागि नापी तालिमको व्यवस्था सरकारले गर्न लागेको छ ।’ पुर्जा वितरण कार्यक्रममा काठमाडौं १० नं. क्षेत्रका सांसद राजेन्द्र कुमार केसी, प्रदेश सभा सांसद पुकार महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, उपमेयर सरस्वती रिजाल खड्कालगायत ५ वडाका पदाधिकारीहरू नापी विभाग, नापी कार्यालय, कलंकीका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्