माईतीघरको आकाशे पुलको मेयर शाक्यद्धारा उद्घाटन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माईतीघरको आकाशे पुलको उद्घाटन गरेका छन् । बुधबार मेयर शाक्यले काठमाडौं महानगरपालिका माईतीघरस्थित आकाशेपुलको उद्घाटन गररेका हुन् । उनले आकाशे पुल निर्माण अभियान अन्तर्गत हरेक वर्ष महानगरले ८-९ करोड रुपैयाँ बजेट छुट्याएको र आवश्यक ठाउँ हेरेर पुल निर्माण पनि गरिरहेको बताए ।

उनले आकाशे पुल निर्माण गर्दा सवारी साधनमा हुने अवरोध र दुर्घटनामा कमी भएको पनि बताए । मेयर शाक्यले महानगरसँग नीति, कार्यक्रम र बजेट प्रशस्त रहेको तर सडकका पेटी सानो भएको कारण केही ठाउँमा पुल निर्माण गर्न समस्या भइरहेको पनि स्मरण गराए । मेयर शाक्यले माईतीघरमा बनेको आकाशे पुलले स्वास्थ्य मन्त्रालय, सिंहदरबार र सर्वोच्च अदालतमा आवतजावत गर्ने तथा सडक पार गर्नेहरुका लागि सहज बनाउने विश्वास पनि व्यक्त गरे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्