एनसेलले ल्यायो फागु पुर्णिमाको अवसरमा गज्जबको सुविधाहरु

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले फागु पुर्णिमाको अवसरमा मोबाइल डेटा सबैभन्दा सस्तो बनाउँदै गज्जबको दैनिक जीबी प्याक अन्तर्गत नयाँ डेटा प्याकहरु ल्याएको छ । यसका साथै कम्पनीले दैनिक जीबी डेटा प्याक अन्तर्गत संचालनमा रहेका प्याकहरूमा पनि भोल्युम बढाएको हो ।

ग्राहकले अब कर सहित मात्र रु १२९ मा ७ जीबी अल टाइम डेटा प्याकको फाइदा लिदै प्रति दिन ७ दिन सम्म १ जीबी डेटा प्रयोग गर्न सक्छन् । त्यसैगरी १४ जीबी अल टाइम डाटा प्याक मात्र रु १९९ मा लिएर ७ दिन सम्म दैनिक २ जीबी डेटा प्रयोग गर्न सक्छन् । यी दुई दैनिक जीबी डेटा प्याक बाहेक एनसेलले आफ्ना ग्राहकका लागि पहिला नै संचालनमा रहेका डेटा प्याकहरुमा डेटा भोल्युम पनि बढाएको छ । यस अन्तर्गत ग्राहकहरुले पहिले कै मुल्यमा थप भोल्युम सहितको डेटा प्याकबाट फाइदा लिन सक्छन् ।

भोल्युम बढाइएको डेटा प्याक अन्तर्गत ग्राहकले मात्र रु १६९ मा १०.५ जीबी डेटा खरिद गरि दैनिक १.५ जीबी डेटा ७ दिन सम्म प्रयोग गर्न सक्छन् । पहिला यही शुल्कमा ग्राहकले दैनिक १ जीबीका दरले ७ दिन सम्म कुल ७ जीबी पाइरहेका थिए । अलि धेरै डेटा भोल्युम चाहिने ग्राहकले अब मात्र रु २६९ मा २१ जीबी डेटा हरेक दिन ३ जीबीका दरले ७ दिन सम्म प्रयोग गर्न सक्छन् । यस अघि ग्राहकले सोहि मुल्यमा १४ जीबी डेटा हरेक दिन २ जीबीका दरले ७ दिन सम्म पाइरहेका थिए ।

त्यसैगरि एनसेलका ग्राहकले अब मात्र रु ५९९ मा ४२ जीबी डेटाको फाइदा लिन सक्छन् जस अन्तर्गत ग्राहकले हरेका दिन २८ दिन सम्म १.५ जीबी डेटा प्रयोग गर्न सक्छन् । यी नयाँ तथा परिमार्जित प्याकहरु आज बुधबार चैत्र २ बाट सञ्चालनमा ल्याइएका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्