फोनपेको उपहार योजनामा मोरङका कमलले जिते कार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले दोस्रो पटक सञ्चालन गरेको ‘झट्ट ट्रान्सफर चट्ट कार’ बम्पर उपहार योजनामा मोरङका कमल चुडालले हुन्डाइको स्यान्ट्रो एरा एक्जुकेटिभ गाडी जितेका छन् ।

चुडालले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा उक्त गाडी जित्न सफल भएका हुन् । फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र बैंकका नायम महाप्रबन्धक अपछकुमार यादवले चुडाललाई गाडीको साँचो हस्तान्तरण गरेका थिए । फोनपेले अघिल्लो वर्षपनि यस्तै योजना सञ्चालन गरेको थियो । जसमा झापाका उज्जल अधिकारीले हुण्डाइको ग्राण्ड आइटेन गाडी जित्न सफल भएका थिए ।

यो वर्ष फोनपेले ३१ असोजदेखि १६ पुससम्म बम्पर उपहार योजना सञ्चालन गरेको थियो । डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ७६ दिनसम्म सञ्चालन भएको यस योजनामा ७५ जनाले आइफोन १३ जित्न सफल भएका छन् । यस योजनामा हरेक दिन एकजनाले आइफोन जित्न सकिन्थो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्