भक्तपुरमा खुला ब्याडमिन्टन प्रतियोगिता हुने

Ad
  • कालोपाटी सम्बाददाता

भक्तपुर । भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घले प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । सङ्घले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएको हो ।

सङ्घका अध्यक्ष राजेन्द्र प्रजापतिका अनुसार यही चैत ९ देखि १२ गतेसम्म भक्तपुरको लीलालीमा उक्त प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा ७७ जिल्ला र सातवटै प्रदेशका २०० भन्दा बढी खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा यू–१५ पुरुष र महिला, पुरुष र महिला एकल, पुरुष डबल्सलगायत ६ विधामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता संयोजक नवीन प्रजापतिका अनुसार यू–१५ पुरुष र महिलातर्फ प्रथमलाई रु १५ हजार, द्वितीयलाई रु १० हजार र तृतीयलाई रु सात हजार ५००, पुरुष र महिला एकलतर्फ प्रथमलाई रु ३५ हजार, द्वितीयलाई रु २० हजार र तृतीयलाई रु १२ हजार ५०० तथा पुरुष डबल्सतर्फ प्रथमलाई रु ३० हजार, द्वितीयलाई रु १५ हजार र तृतीयलाई रु सात हजार ५०० पुरस्कार प्रदान गरिनेछ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्