बैंकिङ कसुरमा बीस लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बैकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा घर भई गोर्णेश्वर बस्‍ने ३६ वर्षीय नवराज धिमाललाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । धिमाललाई गोकर्णेश्वर, काठमाडौंबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागी परिचालित टोलीले आज पक्राउ हो ।

धिमालले प्राइम बैंक लिमिटेड,बागबजार, काठमाडौंमा रहेको निजको नामको खातामा पर्याप्त रकम नभएको जानी–जानी विभिन्न मितिमा चेक काटेर पीडितलाई झुक्याएको उजुरी परेपछि मुद्दा चलाइएको थियो । उच्च अदालत पाटनले २०७८ असोज १८ गते धिमाललाई ५ दिन र २० लाख रुपैयाँ जरिवाना सुनाएको थियो । पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको सीआईबीले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्