ग्लोबल आइएमई बैंकको मुद्दती निक्षेप धितो कर्जा अनलाइनबाट लिन सकिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्ने छन् । बैंकले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा आफ्ना मुद्दती निक्षेपकर्ताहरुलाई लक्षित गरी सुरु गरेको हो ।

यसका लागि बैंकका मुद्दती निक्षेपकर्ताहरुले ग्लोबल आइएमई बैंकको मोबाइल एप  मार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन् । सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्ने छैन । यस योजना अन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा १० लाख रुपैयाँसम्म ऋण लिन सकिने छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्