लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक घाइते

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भक्तपुरको लोकन्थलीमा मोटरसाइकल र शववाहन ठोक्किएका छन् । सिन्धुपाल्चोकबाट शव लिएर पशुपतिस्थित आर्यघाट आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २३५६ नम्बरको शववाहन र विपरीत दिशामा रहेको बा ५२ प ५३८५ नम्बरको मोटरसाइकल आज बिहान करिब साढे ९ बजेतिर ठोक्किएको थियो ।

दुर्घटनामा मोटरसाइकलमा आगो लागेको छ भने मोटरसाइकल चाले घाइते भएका छन् । मोटरसाइकल चालकको समिट अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।  आगोमा जलेर मोटरसाइकलमा पूर्णरुपमा क्षति पुगेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्