भारतबाट हुने विद्युत् आयातमा ७० प्रतिशतले घट्यो, विद्युत आपूर्तिमा समस्या पर्ने सम्भावना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मूल्य आकासिएर किन्न नसकेपछि भारतबाट नेपालमा दैनिक हुने बिजुली आयात करिब ७० प्रतिशतले घटेको छ । यसले मागअनुसार विद्युत आपूर्तिमा समस्या पर्ने सम्भाबना रहेको छ । ।

नदीमा पानीको सतह घट्ने भएकाले चैत महिना भारतबाट सबैभन्दा बढी विद्युत ल्याउनुपर्छ । दैनिक १२ हजार मेगावाट र आवर बिजुली भारतबाट ल्याउनुपर्ने विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जनाकारी दिए । तर, भारतमा बिजुली चरम रुपमा महगिंदा आयात गर्न कठिन भएको उनले बताए । ‘महँगो भएपछि हामीले बिजुली किन्न हालेका ‘बिड’हरू परिरहेको छैन,’ उनले भने,’हामीले हालेको रेटभन्दा बढी मूल्यमा बिजुली अरुले नै किनेपछि विद्युत आपूर्ति आयात प्रभावित हुने अवस्था आयो ।’

यसले गर्दा प्राधिकरणले उद्योगहरुमा दिने बिजुली कटौती गर्न थालेको छ । युक्रेन(रुस युद्ध सुरू भएपछि भारतमा बिजुलीको मूल्य आकासिएको छ । भारतबाट नेपालले प्रतिस्पर्धी दरमा विद्युत किनिरहेको छ । उच्च मूल्यमा भारतमै बिजुली बिक्री हुन थालेपछि प्राधिरकणले गरेका ‘बिड’ स्वीकृत हुन सकेका छैनन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्