सिन्धु विकास बैंकद्धारा रक्तदान कार्यक्रम सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

पनौती । सिन्धु विकास बैंक लिमिटेडले चैत्र ११ गते शुक्रबार सामाजिक उत्तरदायित्व अन्र्तगत काभ्रेपलाञ्चोक जिल्लाको पनौती शाखाको प्राङ्गणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरी लगायत बैंकका उच्च ब्यवस्थापनको समेत उपस्थिती रहेको थियो ।

खुला रक्तदान कार्यक्रममा पनौती नगरपालीका क्षेत्रका स्थानियवासी तथा विभिन्न संघ संस्थाका प्रतिनीधिहरु समेत गरी करिब ८७ जनाले रक्तदान गरेका थिए । सिन्धुपाल्चोक जिल्लाकै प्रथम विकास बैंकको रुपमा स्थापित यस बैंकले आफ्नो कार्यक्षेत्र सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर र चितवन जिल्ला समेत गरी ५ जिल्लाहरुमा २४ वटा शाखा कार्यालयहरु र २ वटा सिमित बैकिङ्ग ईकाइबाट बैकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले आफ्नो कार्यक्षेत्रका अधिकांश ग्रामिण भेगहरुमा बैंकिङ्ग सेवा विस्तार गरी उक्त क्षेत्रमा बसोवास गर्ने सर्वसाधारण ब्यक्तिहरुलाई सर्वसुलभ तवरले सेवा प्रदान गर्दै आईरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्