‘चुनावमा बामपन्थी पार्टीमा माओवादी पहिलो हुन्छ’ : मन्त्री पौडेल

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आगामी निर्वाचनमा माओवादी बामपन्थी शक्तिमा पहिलो पाटी हुने बताएका छन् । नेकपा माओवादी केन्द्र ढोरपाटन, निसी र तमानखोलाले शुक्रबार आयोजना गरेको राजनीतिक एवम् बैचारिक प्रशिक्षणमा मन्त्री पौडेलले आगामी निर्वाचनमा बामपन्थी शक्तिमा माओवादी पहिलो हुने बताए ।

उनले त्याग, तपस्या र जनताका लागि दुःख गरेको पार्टी माओवादी भएकाले प्रतिक्रियावादीहरुले भ्रम फैलाइरहेको आरोप लगाए । जनक्रान्तिको कार्यभार अझै बाँकी रहेको भन्दै सुशासन र समृद्धि हुँदै समाजवादको यात्रामा रहेको बताए । संविधानको प्रस्तावनामा जनताको मैलिक हकअधिकारको कुरा लेख्ने पार्टी माओवादी भएको भन्दै अहिलेका स्थापित मुद्धाको मार्गचित्रमा माओवादी भएको उल्लेख गरे । मन्त्री पौडेलले आगामी निर्वाचनमा हामी आफ्नै बलबुतामा चुनाव लड्नु प्रमुख भएको भन्दै जनताका काममा थप लाग्न आग्रह गर्नुभयो । हिजोको स्थितिमा माआवादी नभएको भन्दै पार्टी पहिलेभन्दा सुढृढीकरण भएको उनको दाबी छ । एमसीसीको बारेमा भ्रम सिर्जना भइरहेको बताउँदै कानुनअनुसार एमसीसी लागू हुने बताए । यस्तै माओवादी केन्द्रका गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरेले पार्टी निर्माण गर्न पार्टीको विचारलाई सहि तरिकाले जनतामा पुर्याउनुपर्ने बताए ।

उनले पार्टीको विचार, कार्ययोजना, नीति जनतामाझ पुर्याउनुपर्ने भन्दै चुनाव केन्द्रीत हुन कार्यकर्तालाई आग्रह गरे । ठूलो संघर्षपछि आएको संघीय लोकतान्त्रिक गणतन्त्रमा स्थानीय सरकार जनताप्रति उत्तरदायित्व नभएको भन्दै त्यसका लागि कार्यकर्ता सचेत हुनुपर्ने बताए । माओवादी पार्टी विरुद्ध संयणन्त्र भइरहेको भन्दै शहीद तथा बेपत्ताको व्यवस्थापनका लागि पार्टीले सरकारसँग पहल गरिरहेको उनले बताए । कार्यक्रममा प्रदेश समिति सदस्य प्रेम घर्तिमगर, राजिब घिमिरे, चन्द्र अर्याल, नरेन्द्र छन्त्याल लगायतले बोलेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्