टक्सार पिखुवाखोला हाइड्रोपावरले ४७ लाख ५२ हजार कित्ता आइपिओ जारी गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । टक्सार पिखुवाखोला हाइड्रोपावरले आइपिओ जारी गर्ने भएको छ । कम्पनीले ४७ करोड ५२ लाख रकम बराबरको ४७ लाख ५२ हजार कित्ता आइपीओ आयोजना प्रभावित, सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी चैत्र १३ गते आइतबार सम्झौता भएको हो । टक्सार पिखुवाखोला हाइड्रोपावरका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक नरेन्द्र बल्लभ पन्त र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले उक्त सम्झौता पत्रमामा हस्ताक्षर गरेका हुन् ।

कम्पनीले भोजपुर जिल्लाको भोजपुर नगरपालिकामा अवस्थित पिखुवा खोलामा टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण गरीरहेको छ । कम्पनीले ८ मेगावाट क्षमताको आयोजना निर्माण कार्य सम्पन्न गरी २०७८ साल बैशाख १ गतेदेखि नै विद्युतको व्यापारिक उत्पादन गरि नेपाल विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्