भक्तपुर क्यान्सर अस्पतालमा वाटर एटिएमको उद्घाटन

Ad
  • कालोपाटी सम्बाददाता

भक्तपुर । भक्तपुर क्यान्सर अस्पताल परिसरमा निर्माण भएको वाटर एटिएमको उद्घाटन भएको छ । आइतबार खानेपानी मन्त्री उमाकान्त चौधरीले उद्घाटन गरेका हुन् । मन्त्री चौधरीले उद्घाटनको क्रममा सबै नेपाली नागरिकले शुद्ध र स्वच्छ पानी सर्वसुलभ ढंगले पाउनु पर्ने बताएका छन् । जलश्रोतको धनी देश नेपालका हरेक नागरिकलाई शुद्ध र स्वच्छ खानेपानीको वितरण गर्नका लागि सरकारले कार्यायोजना बनाएर अघि बढिरहेको बताए ।

उनले अस्पताल जस्तो संवेदनशिल क्षेत्रमा विरामी र बिरामीका कुरुवालाई वाटर एटिएमको निर्माणले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दैै अन्य अस्पताल तथा स्वास्थ्य संस्था, सार्वजनिक स्थल, भिँडभाँड हुने स्थान र उद्यान तथा पार्कमा पनि वाटर एटिम जडानको अभियानलाई अघि बढाइने बताए । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले १० लाख रुपैयाँको लागतमा अस्पताल परिसरमा जडान गरेको सो वाटर एटिएमबाट उपभोक्ताले परिक्षणबाट शुद्ध प्रमाणित भएको पानी दुई रुपैयाँमा कागजको कपसहित २ सय मिलिलिटर पाउँनेछन् ।

बोर्डका बरिष्ठ प्रशासकिय अधिकृत उदय केसीले उपभोक्ताको लागि २४सै घण्टा शुद्धखानेपानी वितरणको व्यवस्था गरिएको बताए । उनले पाँच रुपैयाँमा बजारमा बिक्री वितरण भइरहेको मिनरल वाटर जत्तिकै शुद्ध एक लिटर पानी आफ्नै बोतलमा भरेर लिन सकिने बताए । वाटर एटिएम उद्घाटन समारोहमा मन्त्री चौधरीले अन्य अस्पताल र तराईका जिल्लाहरुमा समेत यस्तो प्रविधि जडान गर्न बोर्डलाई आग्रह गरे । मन्त्री चौधरीले सो अवसरमा वाटर एटिमबाट पानी थापेर पिउनु भएको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्