नेपाल बङ्गलादेश बैंकद्वारा १ लाखको दुर्घटना बीमा भुक्तानी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दाबी रकम रु. १ लाख ग्राहक स्व.महमुदा खातुनकी छोरी मसउदा खातुनलाई प्रदान गरेको छ । महमुदा खातुनले नेपाल बङ्गलादेश बैंक, ब्रम्हपुरी शाखामा खाता खोली कारोबार गर्दै आएका थिए ।

उनको मिति २०७८कार्तीक ६ गते सवारी दुर्घटनामा परी मृत्यु भएको थियो । यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ । साथै, आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ सुविधा प्रदान गर्ने जानकारी बैंकले गराएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्