सानिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं  ।  सानिमा बैंक गोकर्णेश्वर कार्यालयद्वारा मिति २०७८ चैत्र १२ गते ग्लोबल मनि विक २०२२ अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गोकर्णेश्वर कार्यालयले बौद्ध, काठमाडौंमा रहेको शान्ति फाउन्डेसनमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

शान्ति फाउन्डेसन गैर सरकारी संस्था जसले महिलाहरुलाई सचेतना र सहायता दिने विभिन्न कार्यहरु गर्दछ । उक्त कार्यक्रममा ५० जना महिलाहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बैंकको महत्व, बैंकिङ सेवाहरु, डिजिटल बैंकिङ सेवा र यसको महत्वहरु, क्यूआर कोड र डिजिटल बैंकिङ सेवा प्रयोग गर्दा अपनाउनुपर्ने सावधानीहरु समावेश गरिएको थियो । शान्ति फाउन्डेसनका कार्यकारी निर्देशक श्रीमती तामाङले वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको र सबैमा बैंकिङको महत्व बुझाएकोमा बैंकलाई धन्यबाद ज्ञापन गरे ।

सानिमा बैंकले यसै गरी देशका सातै प्रदेशमा सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रमहरु आयोजन गर्दै आइरहेको छ । सानिमा बंैकको देशका सातै प्रदेशमा १२६ कार्यालय र ११४ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्