‘स्वास्थ्य बीमाको दायरामा सबै नेपाली आए स्वास्थ्य उपचारमा सहजता हुने छ’: मन्त्री खतिवडा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकारले स्वास्थ्य बीमाको दायरामा सबै नेपाली आउन सके स्वास्थ्य उपचारमा सहजता हुने बताएका छन् ।

बुधवार नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री खतिवडाले यस्तो बताए । उनले पत्रकारहरुको स्वास्थ्य उपचारको लागि स्वास्थ्य मन्त्रालय, सञ्चार मन्त्रालय र नेपाल पत्रकार महासंघ बीच समन्वय र सहकार्य गरेर अघि बढ्न सकारात्मक रहेको पनि बताए । मन्त्री खतिवडाले श्रमजीवि पत्रकारको लागि ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा यसअघिको बजेटमा ल्याइएको भएपनि अहिलेसम्म कार्यान्वयन नहुनुले चिन्तित बनाएको बताए । उनले पत्रकारका हकहितका लागि उचित प्रश्ताव लिएर मन्त्रालयमा आउन पनि महासंघलाई आग्रह गरेका छन् ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारको स्वास्थ्योपचारका लागि अस्पताल छुट्टैअस्पताल बनाएर निःशुल्क स्वास्थ्य सेवा दिँदा सरकारको सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने लक्ष्यमा पुग्ने बताए । उनले बजेट भाषणमा निःशुःल्क उपचारको कुरा आए पनि बजेट नछुट्याउँदा अझै पत्रकारले निःशुल्क स्वास्थ्य सेवा नपाएको गुनासो गरे ।

नेपाल पत्रकार महासंघले आज स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम एवं प्रभातफेरी कार्यक्रम गरेर ६७ औँ स्थापना दिवस मनाएको छ । यस अवसरमा केन्द्रीय समितिले काठमाडौंको सिनामंगलदेखि सञ्चारग्रामसम्म बिहान प्रभातफेरी, रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा पत्रकारहरूको मिर्गौला परीक्षण र दाँतको परीक्षण तथा उपचार भएको छ । कोभिडका कारण मिडिया क्षेत्रमा परेको असरबारे बहस र नीतिगत समाधानका लागि गर्नुपर्ने प्रयासहरूबारे छलफल गर्ने कार्यक्रम रहेको पनि महासंघले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्